नेपाल तरुण दलले दियो एस इ इ दिएर बसेका बिद्याथीलार्ई परामर्श ।

0
1637

एस इ इ दिएर बसेका बिद्यार्थीलाई लक्षित गर्दै नेपाल तरुण दलको आयोजनामा परामर्श कार्यक्रम सम्पन्न भएको छ । तरुण दल बसेरी काठमाण्डौं सम्पर्क समिती धादिङको आयोजनामा भएको कार्यक्रमबाट ५० भन्दा धेरै बिद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्ने बिभिन्न तरीकाको बारेमा जानकारी लिएका छन् ।

परामर्श कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले समाज बिकास र रुपान्तरणका लागि बिद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै बिद्यालय तहको पढाई पछि कलेज भर्ना हुंदा धेरै कुरामा ख्याल गर्नु पर्ने बताउनु भयो । बिद्यार्थीको चेतनाको स्तर निकै माथि हुने भएकाले कुन कलेज पढ्ने मात्रै नभएर त्यस कलेजको भौतीक पुर्वाधार,सेवा सुबिधा र फि स्टक्चरलाई समेत ध्यान दिन सुझाव दिनु भयो । शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न बिद्यार्थी स्वंय नै चनाखो हुनु पर्ने घिमिरेको सुझाव थियो ।

कार्यक्रममा बोल्दै पुर्व कानुन राज्यमन्त्री दिलमान पाख्रिनले देशको भविष्य बिद्याथीहरुको हातमा भएको भन्दै उच्च शिक्षा लिंदा देश सुहाउँदो बिषय छनोट गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका महासमिती सदस्य तिलक रुवालीले बिद्यार्थीलाई गुणस्तरिय शिक्षा दिन राज्य असफल भएको बताउँदै हरेक बर्ष हजारौको संख्यामा बिदेश जाने बिद्यार्थीहरुलाई स्वदेशमै उचित शिक्षाको प्रबन्ध गर्न माग गर्नु भयो ।

नेपाल तरुण दल बसेरी काठमाण्डौं सम्पर्क समितीका सभापति लोकेन्द्र थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा एस इ इ दिएर बसेका ५० भन्दा धेरै बिद्यार्थीहरुको सहभागीता रहेको थियो । परामर्श कार्यक्रममा तक्ष्यशिला एकेडेमिका शिक्षकहरुले बिद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्दा ध्यान दिनु पर्ने बिषय बस्तुको जानकारी गराएका थिए । कार्यक्रममा सहभागी बिद्यार्थीहरुले यस्ता कार्यक्रमले आफुहरुमा रहेको धेरै किसीमका समस्या समाधान गर्न सहयोग पुर्याउने बताएका थिए ।