काठमाडौ , कम्प्युटर एशोसिएसन नेपाल महासंघ क्यानले सूचना प्रविधि अध्ययनका लागि एक करोड ८३ लाखबराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।ग्रमिण क्षेत्रमा सूचना पविधिको विस्तार गर्न भन्दै गरीब तथा जेहन्दार विद्यार्थीलाई क्यान नेशनल आइसिटी स्कलरसिप–२०७५ प्रदान गर्न भएको हो ।
सात प्रदेशबाट सात छात्रालाई छात्रवृत्तिमा लर्ड बुद्ध एजुकेशन फाउण्डेशनमा स्नातक तह अन्तर्गत बिएस्सी आइटी विषयको अध्ययन गराइने छ ।छात्रवृत्तिअनुसार फिमेल मेरिट आइसिटी स्कलरसिपबाट चारजना, आइसिटी मेरिट स्कलरसिपबाट तीनजना गरी एक प्रदेशबाट सातजना र सात प्रदेशबाट ४९ जनालाई एक करोड ८३ लाख ३६ हजार ५०० बराबरको छात्रवृत्ति उपलब्ध गराइने छ ।
छात्रवृत्ति प्रदान गर्न क्यान महासंघले जिल्ला, प्रदेश र केन्द्रीयस्तरको छात्रवृत्ति छनोट समिति गठन गर्ने र समितिले कक्षा १० र कक्षा १२ को प्राप्त अंक, स्थायी ठेगाना, आर्थिक अवस्था र स्थानीय सरकारको सिफारिसलगायतका आधारमा विद्यार्थी छनोट जनाइएको छ ।