असोज भित्र आवश्यक सवै कानुन पारित गर्छौ,सभामुख महरा ।

0
686
Deputy Prime Minister Krishna Bahadur Mahara talks with journalists upon his arrival from a visit to China, at the Tribhuvan International Airport, in Kathmandu, on Saturday, August 20, 2016. Photo: RSS

काठमाडौ,सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि आवश्यक सबै कानुन आगामी असोज भित्र प्रतिनिधिसभाबाट पारित गरिसक्ने बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिकाको दोस्रो नगरसभाको उद्घाटन गर्दै सभामुख महराले धेरै कानुन बन्न बाँकी रहेकाले स्थानीय तहसम्मलाई हुने गरी नयाँ कानुनहरु ल्याइने बताए । कानुन नहुँदा स्थानीय तथा प्रदेश तहमा समस्या आएको उनको भनाइ छ ।

सभामुख महराले नयाँ कानुनहरू लागुभपछि संघीयताको प्रष्ट कार्यान्वयन भएको देखिने दावी गरे । ।