चितवन १२ असार ,पटकपटक पहिरो खस्ने क्रम नरोकिएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमनमा समस्या परेको छ । राति पहिरो खसेर अवरुद्ध भएको सडकमा दिउसो पन पहिरो खसे पछि थप समस्या आएको छ ।
पहिरो खस्ने, र सफा गर्ने क्रम निरन्तर हुँदा पनि फेरि पहिरो खस्ने समस्या देखिएकाले थप सास्ती बेहोर्नुपरेको चितवन प्रहरीले जनाएको छ । कतिबेला पहिरो खसेर सडक बन्द हुने हो भन्ने त्रासका बीच यात्रा गर्नुपर्ने बाध्यता यात्रुलाई रहेको छ ।
दुईदिनमा मात्रै सोही सडक खण्डमा चार पाँच पटक पहिरो खसी सकेको छ ।पटकपटक पहिरो खस्ने क्रम नरोकिँदा बिहानदेखि रोकिएका सवारी साधन गन्तव्यमा जान पाएका छ्रैनन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले कुनै पनि बेला पहिरो खस्नसक्ने भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।