१२ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई को परीक्षाफलमा भएको त्रुटी छानविन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।शनिबार प्रकाशित नतिजामा त्रुटि भएपछि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
गठित समितिमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भुराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाल छन् ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरबाट गत शनिबार प्रकाशित परीक्षाफलमा प्राविधिक समस्या पहिचान गरी समाधान गर्दा पूर्वप्रकाशित परीक्षाफलमा केही परीक्षार्थीको मूल अभिलेखबमोजिम परीक्षाफल संशोधन भएपनि उक्त नतिजामा देखिएको त्रुटिका सम्बन्धमा यथार्थ अध्ययन गरी प्रतिवेदन पेस गर्न भनिएको छ ।
समितिले आगामी दिनमा त्यस्तो खाले समस्या नदोहोरियोस् भन्नका लागी अपनाउनु पर्ने उपायका बारेमा पनि सुझाव पेश गर्न भनिएको छ ।