देश आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रधानमन्त्री ओली ।

0
840

काठमाडौँ, १३ असार प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी भएपछि मुलुक आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । हनुमान ढोका दरबार स्क्वयारमा जीर्णोद्वार सम्पन्न भएपछि गद्दी बैठक भवनको उद्घाटन गर्दै गद्धी बैठक नेपालको पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्वको भएको बताउनुभयो ।

भूकम्पपछिको पुनःनिर्माण अझ प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष एएफसिपीको सात लाख अमेरिकी डलरको अनुदानमा मियामोटो ग्लोबल डिजास्टर रिलिफ तथा नेपाल सरकार पुरातत्व विभागसँगको साझेदारीमा भूकम्पबाट क्षतिग्रस्त गद्दी बैठकको प्रवलीकरण तथा पूर्ण जीर्णोद्धार गरिएको हो ।