धादिङमा पहिरोको वितण्डा,तीन जनाको ज्यान लियो दुई बेपत्ता सात घर पनि पुरिए ।

0
773

धादिङ, १४ असार धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा तीनजनाको मृत्युभएको छ ।यस्तै पहिरोमा परि दुईजना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिँदा चारजना घाइते भएका छन् ।दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी श्रीमती ३६ बर्षीया वसोधा गुरुङ, १० बर्षीया छोरी लक्ष्मी गुरुङ र ५ बर्षीया सरस्वती गुरुङको पहिरोमा परी मृत्यु भएको छ ।

उनीहरुको शव पहिरोबाट निकालिएको छ । पहिरोमा परि घइते भएका एकजनालाई घाइते अवस्थामा गाउँलेले उद्धार गरी सत्यदेवी स्वास्थ्यचौकीमा उपचारका लागि पु¥याएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । यता खनीयावास गाउँपालिका–४, चिउरीखर्कमा पनि पहिरोले एक घर पुरिएको छ । पहिरोमा परी शम्शेर घले र कोप्ची घले बेपत्ता भएको इलाका प्रहरी कार्यालय दार्खाले जनाएको छ ।
यसैगरी, नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा पाँच घर पहिरोले बगाएकोे छ । घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेको बर्षका कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सडक भत्किएकाले सदरमुकामबाट सवारी सञ्चालन हुन सकेको छैन । जसका कारण उद्धार कार्यमा समस्या भएको प्रहरीको भनाई छ ।