नेपाल वायुसेवा निगमले भित्रायो नयाँ वाइडबडी जहाज ।

0
573

काठमाडाँै असार १४ नेपाल वायुसेवा निगमले नयाँ वाइडबडी विमान नेपाल भित्र्याएको छ । ए ३३०–२०० सिरिजको विमान बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नयाँ विमानको नामा अन्नपूर्ण राखिएको छ । विमानले आगामी अगस्ट १ बाट व्यवसायिक उडान सुरु गर्ने निगमले जनाएको छ ।

एयरबसले उत्पादन गरेको जहाज निगमले २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गरेको हो । नयाँ जहाजमा विजनेश क्लासका १८ र इकोनोमी क्लासका २ सय ५६ सिट छन् ।
विमानले दुवई, हङकङ, दोहा, क्वालालाम्पुरलगायतका स्थानमा उडाउने भर्ने बायुसेवा निगमले जानाएको छ ।सरकारको जमानीमा सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई वाइड बडी विमान खरिद गर्ने निर्णय गरेको थियो । अर्को वाइड बडी विमान पनि एक महिनाभित्रै आइपुग्ने छ।नयाँ विमान भित्रिएपछि नेपालको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।