देशैभर मनसुन सक्रिय,सर्तक रहन र पूर्वतयारी अपनाउन मौसम पूर्वानुमान महाशाखाको सुझाव ।

0
368

काठमाडौ १४ असार यस वर्षको मनसुन देशैभरि सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले एक विज्ञप्ति जारी गर्दै मनसुनको प्रभावले तीन दिनसम्म देशका धेरै स्थानहरुमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । देशका पूर्वी र मध्यका केही स्थानमा सक्रिय भएको मनसुन बुधबारदेखि मध्य हुँदै पश्चिमतर्फ फैलिएको छ ।

क्रमिक रुपमा मनसुनी वर्षाको गतिविधि बढ्ने भएकाले सर्तक रहन र पूर्वतयारी अपनाउन महाशाखाले भनेको छ । देशका अधिकांश भेगमा बदली र केही स्थानमा वर्षा भएको छ । बेलुका पख काठमाडौ उपत्यका सहित देश बर्षा हुने महाशाखाले जनाएको छ ।महाशाखाले यस वर्ष जेठ २५ देखि नै पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश भएको घोषणा गरे पनि लामोे समय बितिसक्दा समेत पूर्ण रुपमा सक्रिय हुन सकेको छैन ।