झापामा विषाक्त च्याउ र सोयाविनको तरकारी खाँदा १५ जना विरामी ।

0
447

झापा, १५ असार विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–१४ दुवागडीमा जंगली च्याउ खाँदा छ जना बिरामी परेका हुन् ।जंगलबाट टिपेर ल्याएको विषाक्त च्याउ पकाएर खाँदा प्रेम किशान दर्जी, उनकी श्रीमती सुशीला दर्जी, आमा लीलामाया दर्जी, ज्वाइँ प्रकाश दर्जी र दुई छोराछोरी बिरामी परेका छन् । उनीहरुको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै कचनकवल गाउँपालिकामा सोयाविन र आलु मिसाएको तरकारी पकाएर खाँदा ‘फुड पोइजन’ भएर बिहीबार दिउँसोे नौजना बिरामी परेका छन् । उनीहरुको पनि मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।बिरामी पर्नेहरुमा कचनकवल गाउँपालिका – ७ बालुवाडीका २८ वर्षीया शर्मिला तामाङ, २४ वर्षीया मञ्जु राई, ३५ वर्षीय राजा तामाङ, २८ वर्षीय अञ्जन राई, ३२ वर्षीय सीता तामाङ र २६ वर्षीय दिलु लिम्बू रहेका छन् ।त्यस्तै सात वर्षीय उदय राजवंशी, आठ वर्षीय जयप्रकाश राजवंशी पनि बिरामी परेका छन् । विरामी परेका एकजना उपचारपछि घर फर्किसकेका छन् ।