मन्त्रीपरिषद् बैठकको निर्णय,माथिल्लो त्रिशुली जलविद्युत् आयोजना आँघि बढाउने बाटो खुल्यो ।

0
407

काठमाडौँ, १५ साउन सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ ।यो निणर्य सँगै यो आयोजना अँगाडी बढाउने बाटो खुलेको छ ।यसअँघि आयोजना स्थलमा परेको बनप्रयोग गर्नका लागी बनमन्त्रालयले सहमति निदिँदा काम अँगाडी बढ्न सकेको थिएन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ३७ मेगावाट क्षमताको यो जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो ।

बैठकले खाद्यान्न ढुवानीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई थप ७ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कामको सञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयक तथा सशस्त्र प्रहरी बल नेपाल सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक तर्जुमाका विदुषी योगमाया विश्वविद्यालय बनाउने सम्बन्धमा कानून बनाउने र सैद्धान्तिक सहमति पनि प्रदान गरेको छ ।