काठमाडौं, १७ असार– पत्नी सीता दाहालको स्वास्थ्य उपचारका लागी सिंगापुर गएका नेकपाका अध्यक्ष प्रचण्ड आइतबार फर्किदै छन् । प्रचण्ड असार ३ गते पत्नी सीताको उपचारका लागि सिंगापुर गएका थिए । पत्नी सीताको स्वास्थ्यमा सुधार आएपछि प्रचण्ड उनलाई लिएर फर्कन लागेका हुन् ।
वाटरथेरापी र चिकित्सकको सुझाव अनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको बताइएको छ ।पछिल्लो समय छोरा प्रकाशको असमायिक निधन पछि सीताको स्वास्थ्यमा थप समस्या आएको थियो ।