सडकको नाम मृत्युमार्ग नामाकरण गर्नुपर्छ भनेपछि……

0
461

.काठमाडौँ, १७ असार चावहिल–बौद्ध–जोरपाटी–साँखु र जोरपाटी–सुन्दरीजल मूल सडकको दुरवस्थाविरुद्ध राजनीतिक दलका नेतासहित विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध मानिस सडकमा ओर्लिएका छन् ।नागरिक दवाव अभियानको नेतृत्वमा शुरु भएको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै स्थानीयवासीले वर्षौंअघिदेखि सडक जीर्ण भई लाखौँ प्रयोगकर्ताले दुःख पाउँदा समेत सरोकार निकाय मूकदर्शक बनेको आरोप लगाए ।

जोरपाटी चोकमा भएको विरोधसभालाई सम्बोधन गर्दै अभियानका संयोजक दीपकसिंह भण्डारीले चाबहिल–बौद्ध–जोरपाटी–साँखु र जोरपाटी–सुन्दरीजल सडकखण्ड कालमार्गमा परिणत भएको बताउनुभयो । सडक सुधार्न थालिएको नागरिक दवाव अभियानमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, समता मानवअधिकार तथा नागरिक समाज, नव दुर्गा महिला समूहलगायत संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् ।