काठमाडौँ, १८ असार सभामुख कृष्णबहादुर महराले संसद्को विशेष र शून्य समयमा उठाएका प्रश्नको जवाफ दिन सम्बन्धित मन्त्रालयका मन्त्रीलाई रुलिङ गर्नुभएको छ । सांसदले उठाएका प्रश्नमा मन्त्रीको जवाफ दिने व्यवस्थाका लागि सभामुखले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको विशेष समयको बैठकपछि सदनमा शून्य समय र विशेष समयमा सांसदहरुले गम्भीर विषय उठाउँदै आउकाले त्यसको जवाफ सम्बन्धित मन्त्रीबाट आउनुपर्ने सभामुख महराले बताउनुभयो ।