जनमोर्चाले खोल्यो विपद् व्यावस्थापन कोष,सहयोग गर्न आग्रह ।

0
954

काठमाडौँ, १९ असार राष्ट्रिय जनमोर्चाले विपद् व्यावस्थापन कोष स्थापना गरेको छ । बाढी र पहिरोबाट पीडित जनतालाई राहत वितरणका लागि रकम संकलन गर्न विपद् व्यवस्थापन कोषको निर्माण गरेको हो । पार्टी अध्यक्ष चित्रबहादुर केसीले कोषमा सहायताका लागि आग्रह गर्दै क्षतिग्रस्त स्थानमा तुरुन्त उद्धार तथा राहतको व्यवस्था गर्न सरकार, प्रशासन र सबै तहका स्थानीय निकायसित विज्ञप्तिमार्फत माग गर्नुभएको छ ।

वर्षाबाट पहाड र तराईमा हुने विपत्तिका लागि पूर्वसतर्कता अपनाउन र भौतिकव्यवस्था गर्न आग्रह गरिएको छ । भूकम्प, बाढी, पहिरो वा आगलागीपीडितलाई सहयोग गर्न देशभित्र र भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीबाट करीब ८१ लाख बराबरको सहयोग प्राप्त भइसकेको जनमोर्चाले जनाएको छ ।