२० असार, चितवन । पहिरो खसेपछि बिहानैदेखि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक अझै खुल्न सकेको छैन । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
बिहान ५ः३० बजेतिर पहिरो खसेको र हटाउने प्रयास भएपनि निरन्तर पानी परिरहेकाले पहिरो खस्ने क्रम नरोकिँदा थप सस्मया भएको छ ।पहिरोले बाटो अवरुद्ध हुँदा सावरी साधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरुलाई पनि समस्या भएको छ । बर्षा शुरु भएसँगै यो सडकखण्ड हरेक दिन पहिरोले अवरुद्ध हुँदै आएको छ ।