लोकतन्त्रका नाममा मनपरी चल्दैन गृहमन्त्री थापा ।

0
294

गृहमन्त्री रामबहादुर थापा बादलले अनसनका बसेका डा.गोविन्द केसीलाई गिरफ्तार नगरिएको बताएका छन् । बुधबार संसदलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले डा। गोविन्द केसीलाई गिरफ्तार नगरिएको र विरोध गर्न रोक नलगाएको बताए । उनले लोकतन्त्रमा अनसन बस्न पाइने भएपनि जहाँ पनि विरोध प्रदर्शन गर्न र अनसन बस्न भने नपाइने बताए । उनले डा. गोविन्द केसीले अस्पतालमै अनसन बस्न खोजेको तर अस्पताल अति संवेदनशिल क्षेत्र भएकाले अनसन बस्न नदिएको स्पष्ट पारे । नागरिकको दैनिक जीवनलाई अस्तव्यस्त पारेर अनसन तथा विरोध प्रदर्शन गर्न नपाइने गृहमन्त्री थापाको भनाई थियो ।यस्तै गृहमन्त्री थापाले जनताको दैनिकी अस्तव्यस्त हुने गरी विरोध प्रदर्शन हुन लागेपछि माइतीघर लागायतका स्थानमा विरोध प्रदर्शनमा रोक लगाएको बताए । यस्तै संसादहरुको प्रश्नको जवाफ दिँदै दलाल,लागुऔषध कारोवारी र कालोबजारी गर्ने माथी सरकारले कडा रुपमा प्रस्तुत हुने दोहो¥याए । उनले सरकार निरंकुश नभएको भन्दै सरकार लोकतन्त्र प्रति पूर्ण प्रतिबद्ध रहेको बताए ।