२६ असार अझै दुई दिन देशैभर भिषण बर्षा हुने भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले तीनदिनको मौसम पूर्वानुमान गर्दै दिउँसोको समयमा सामान्य बदली र देशका कतिपय स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको औँल्याएको हो ।
देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा भएको छ भने देशको मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षा भएको महाशाखाको भनाई छ । भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
त्यसैगरी दिउँसोको समयमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना छ । साँझ पनि देशभरि नै बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुनाका साथै देशको पूर्व र पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।रातको समयमा पनि देशभरि नै बदली रही धेरै स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने देखिन्छ । साथै मध्य तथा पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।