सरकार गोविन्द केसी अपराधि हुन् उनलाई मर्न देउ !

0
521

जुम्लामा रहेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट १५औं आमरण अनसन सुरु गर्न लागेका डा गोविन्द केसीलाई स्थानिय प्रशासनले धरपकड गरे पछि प्रहरी हिरासतबाटै १५औं सत्याग्रह सुरु गरे। प्रहरी हिरासतमै अनसन बसेका केसीको स्वास्थ्य स्थिती नाजुक भएपछि
उनलाई कर्णली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लामा उपचारको प्रयास भैरहेको छ । डा केसीले उपचार लिन अस्विकार गरेका कारण उनको स्वास्थ्य अवस्था गम्भिर बनेको छ ।
डा केसीले चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायतका ७ बुँदे माग राखेका छन् ।

किनकी देश बिकास र सम्बृद्धिको लागि डा के सी बाधक हुन् न त उनले मार्सी चामलको भात खान निम्तो दिन्छन् न त कुनै काम गरिदिए बापत कमिसन नै खुवाउछन् गर्छन त केवल निश्वार्थ नेपाली जनताको सेवा । त्यस्ता ब्यक्ति समाजमा हुँदा सम्म देशको बिकास सम्भव छै रेल आउन नदिे तिनै केसीहरु हुन् पानी जहाज ल्याउन नदिने माफिया केसी नै हुन् त्यसैले तिनलाई मर्न दिनु पर्छ कुनैपनि बहानामा उनको माग पुरा गर्नु हुँदैन ।
उनका मागहरु यस्ता छन्
१ चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक बाँकी बुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गरियोस् । तत्पश्चात् अविलम्ब चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालन लगायत कामहरु सुचारु गरियोस् ।
२ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस लगायत स्नातक तहका विद्यार्थी भर्ना गर्ने गरी पूर्वाधार र जनशक्ति कायम गरियोस् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गरियोस् ।
३ माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गरियोस् ।
४ चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गरियोस् । त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस् ।

५ विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गरियोस् ।
६ कथित छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृत्तिपछि २ वर्ष अनिवार्य सेवाको व्यवस्था गरियोस् । आगामी शैक्षिक सत्रदेखि सबै निजी संस्थाहरुमा समेत चिकित्साको स्नातकोत्तर तह निःशुल्क गरियोस् ।
७ पठनपाठन ठप्प भइसकेको जानकी मेडिकल कलेजका विद्यार्थीहरुलाई उचित व्यवस्थापन गर्दै विद्यार्थीहरुलाई अलपत्र पार्नमा जिम्मेवार व्यक्तिहरुलाई तत्काल कारवाही गरियोस् । प्रदेश २ मा सरकारी मेडिकल कलेज खोल्ने काम तत्काल शुरु गरियोस् ।
भन्ने माग राखि सबैको ध्यान खिच्न डा केसी जुम्ला पुगेका हुन् । उनका माग मध्ये माइतिघर मण्डलामा बिरोध प्रदर्शनमा लगाइएको प्रतिबन्ध सर्बोच्च अदालतले पुरा गरिदिएको छ ।
यस्ता जनमुखि माग राख्दै अनसनमा बस्ने गोविन्द केसी को हुन् त ? 
जन्म २५ मार्च, १९५७ मा रामेछाप, जिल्ला
व्यवसाय त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौंका वरिष्ठ अर्थोपेडिक सर्जन
निवास काठमाडौं, नेपाल अस्पतालको पछाडी रहेको डाक्टरको क्वार्टर
वैवाहिक स्थिति अविवाहित
चिकित्सा शिक्षा
हेल्थ असिस्टेंट एचए इन्स्टिच्युट ओफ मेडिसिन आई ओ एम, नेपाल
एम बी बी एस राजशाही मेडिकल कलेज, राजशाही, बांग्लादेश
एम डी अर्थोपेडिक्स ढाका विश्वविद्यालय, बांग्लादेश ढाका,
डा गोविन्द के सीको मानवीय कार्य
डा केसी बर्षको दुई पटक नेपालका दुर्गम भागहरूमा यात्रा गर्छन् र रुख तथा भिरबाट खसी घाइते भई अस्पताल पुग्न नसक्नेहरुका लागि हप्तौंसम्म क्लिनिक सञ्चालन गर्छन्। केसीले ७५ जिल्लामा यात्रा गरेका छन् र आफ्नै व्यक्तिगत खर्चबाट ६० वटा मेडिकल क्याम्पहरू चलाएका छन् ।
उनले ठूलो संकटको समयमा विदेशी राष्ट्रहरूमा समेत आकस्मिक सेवा प्रदान गरेका छन् ।
२००१ गुजरात भुज क्षेत्रमा भुकम्प पस्चात घाइते भएकाहरुका लागि सेवा गर्न ३ हप्ता त्यहाँ बिताए ।
२००५ उत्तरपश्चिम पाकिस्तानमा भूकंप पस्चात जीवितहरूको उपचार गर्न ३ हप्ता त्यहाँ बिताए
२००८ मा बर्माको म्यान्मारमा आएको नर्गिस तुफान पिडीतलाई २ हप्ता मद्दत गरे
२०१०मा भूकम्प पछि ३ हप्ता हैटीमा २३२ जनाको अपरेशन गरे
२०१३ मा सुनामीले प्रभावित व्यक्तिहरूको उपचार गर्न फिलीपिन्स गए
डा गोविन्द केसी मेडिकल प्रोफेसोनलका रुपमा
आई ओ एम, नेपालमा प्रोफेसर र वरिष्ठ अर्थोपेडिक सर्जन को रुपमा कार्यरत छन् । जुन नेपालको सबैभन्दा प्रतिष्ठित मेडिकल स्कुल र अस्पताल हो त्रि वी शिक्षण अस्पताल ।
निजी प्राक्टिस नगर्ने डाक्टरका रुपमा परिचित छन् ।
डा के सी ले ग्रामीण क्षेत्रहरूमा मेडिकल स्कूल र अस्पतालको विकेन्द्रीकरण र वितरणको समर्थन गर्दछ। नेपालमा हाल २३ मेडिकल स्कूलहरू छन्, जस मध्ये १७ निजी छन् र तिनीहरू सबै ठूला ठूला शहरहरूमा छन्। मेडिकल स्कूलहरूमा लगानी गर्नु एक आकर्षक व्यवसाय बनेको छ । जहाँ अध्ययान गर्न प्रति विद्यार्थी ५० लाख देखि ६०लाख सम्म असुल्ने गरेका छन्। स्वास्थ्य शिक्षमा भएको यही ब्यबसायीकरण रोक्न उनी १५औ पटक अनसन बसेका हुन् ।
उनका अनसनका श्रृङखलाहरु यस्ता छन् ।
पहिलो अनसन २०६९, असार २१ देखि २४
दोस्रो अनसन २०६९, श्रावण २७ देखि भाद्र १
तेस्रो अनसन २०७०, पौष २७ देखि माघ १०
चौथो अनसन २०७०, माघ २५ देखि फाल्गुन ३
५ औं अनसन २०७१, फाल्गुन ८ देखि फागुन ११
छैठौं अनसन २०७२, भाद्र ७ देखि भद्र २०
सातौं अनसन २०७२, आश्विन २ देखि आश्विन १२
आठौं अनसन २०७३, असर २६ देखि श्रावन ११
९ औं अनसन २०७३, अशोज १० देखि अशोज २२
१० औं अनसन २०७३, कार्तिक २८ देखि मंग्शिर १९
११ औं अनसन २०७४ श्रावन ८ देखि सुरु भएको थियो र २३ दिन पछि अन्त्य भयो
१३ औं अनसन २०७४ असोज २० देखि सुरु भयो कार्तिक ४मा अन्त्य भयो
१४औं अनसन ७४ साल पुस २७ देखि सुरु भएर प्रहरी धरपकडका बिच केहि दिन चल्यो ।
१५औं अनसन असार १६ गते देखि चली रहेको छ ।
माथिका उनका ब्यक्तिगत विवरण र देशको इज्जत, प्रतिष्ठाका लागि ब्यक्तिगत लाभ भन्दा माथि उठेर अन्तराष्टिय स्तरमा योगदान दिने निस्वार्थी, निलोर्भी र गरिव उत्पिडीत जनाको अधिकारका पक्षमा ज्यानको बाजी राख्ने डा गोविन्द केसी अपराधि हुन् उनलाई मर्न दिए हुन्छ ।

तीन करोड नेपाली जनता १५औं अनसककै क्रममा डा केसीको मरण हेर्न चाहन्छन् तसर्थ २ तिहाइ जनमतको कदर गर्दै जनताको चाहना पुरा गर्न पनि डा के सि जस्ता माफिलाई मर्न दिनु पर्छ कुनै पनि हालतमा उनका माग पुरा गर्न दिनु हँदैन जनताको अहिलेको एउटै चाहना यत्ति हो ।