ब्रिटेनमा एक पछि अर्को गर्दै किन मन्त्रीहरुले राजीनामा दिए ?

0
2565

२६ असार, काठमाडौं । २४ घण्टाभित्र ब्रिटेनका तेस्रो मन्त्रीले पनि राजीनामा दिएपछि प्रधानमन्त्री थेरेसा मे नेतृत्वको सरकार संकटमा परेको छ ।ब्रेक्जिट मन्त्री डेभिड डेभिस, जुनियर ब्रेक्जिट मन्त्री स्टिभ बेकरले राजीनामा दिएलगत्तै विदेशमन्त्री बोरिस जोनसनले पनि राजीनामा दिएका छन् । डेभिड डेभिस ब्रेक्जिटका मुख्य वार्ताकार हुन् ।

ब्रिटेनकी प्रधानमन्त्री थेरेसा मेको ब्रेक्जिट रणनीतिको कारण मन्त्रिपरिषदमा मतभेद चुलिएको छ । ब्रिटेन युरोपेली संघबाट अलग हुने दिन नजिकिइरहेको बेला प्रधानमन्त्री थेरेसा मेलाई राजनीतिक दबाव बढेको छ ।२०१६ मा ब्रिटेनमा थेरेसा मे सरकारले जनमत संग्रहमार्फत् युरोपेली संघबाट बाहिरिने निर्णय गरेको थियो । यही निर्णयअनुसार २८ सदस्यीय युरोपेली संघबाट ब्रिटेन २९ मार्च २०१९ मा अलग हुँदैछ ।