फेशबुकमा पानी जहाज चलाउनेलाई कारवाही गर्न सांसद बस्नेतको माग ।

0
1494

असार २८ काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतले फेशबुकमा पानी जहाज चलाउनेहरुलाई कारवाही गर्न सरकार सँग माग गरेका छन् । बुधाबार संसदमा बोल्दै सांसद बस्नेतले भक्तपुरमा बाढीबाट भएको डुवानको सन्दर्भमा आफ्ना भनाई राख्ने क्रममा डुबानमा परेका नागरिकको संबेदना माथी खेलवाड गरी पानी जहाजका कुरा गरेर खिसि टिउरी गरेको भन्दै आक्रोश पोखे । उनले फेशबुकमा मानबीय संवेदनमा माथी खेलवाड गर्ने माथी कारवाही गर्न सञ्चार मन्त्रीको ध्यानाकर्षण गराएका छन् । बुधबार देखी आएको अविरल बर्षाले भक्तपुरका अधिकांश बस्ती डुबानमा परेका छन् भने भक्तपुरमै पहिरोले एकै घरका तीन जनाको ज्यान गएको छ ।