३० असार, काठमाडौं । पाकिस्तानको चुनावी र्यालीमा आत्मघाती बम आक्रमण हुँदा १२८ भन्दा बढीको ज्यान गएको छ । यस्तै घटनामा कैयौँ घाइते भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
पाकिस्तानको दक्षिण–पश्चिम बोलिचिस्तान प्रान्तमा आयोजित चुनावी र्यालीमा एक आत्मघाती आक्रमणकारीले बम विष्फोट गराउँदा यति ठूलो मानवीय क्षति भएको हो ।इस्लामिक स्टेट आईएस ले घटनाको जिम्मेवारी लिएको छ ।जुलाई २५ मा हुन लागेको निर्वाचनलाई लक्ष्य गरेर पाकिस्तानमा एकपछि अर्को हिंसात्मक घटना भइरहेका छन् ।