नवलपरासी, ३१ असार पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर एक बालक बेपत्ता भएका छन् ।
सुस्ता गाउँपालिका–५ बलिनगर बस्ने केशकुमार कुर्मीका छोरा अन्दाजी १२ वर्षीय विशाल कुर्मी नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् । बालकलाई प्रहरी र स्थानीयवासी मिलेर खोजी गरिरहे पनि हाल सम्म फेला नपरेको प्रहरीले जनाएको छ ।