३२ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भातृ संगठनका पदाधिकारीहरुको मर्यादाक्रम हेरफेर भएको छ । यसअघि भातृ संगठनका पदाधिकारीको पार्टीभित्रको मर्यादाक्रम जिल्ला कमिटी सदस्यसरह हुने व्यवस्था थियो । नियमावलीमा प्रस्तावित व्यवस्थाअनुसार भातृ संगठनका पदाधिकारीहरु पार्टीका अन्य कमिटीमा रहन नपाउने व्यावस्था गरिएको छ ।
तत्कालीन एमाले र माओवादी दुबैतिरका भातृ संगठनका पदाधिकारीहरुले विरोध गरेपछि भातृ संगठनका पदाधिकारीको मर्यादाक्रमको बुँदा नै हटाइएको एक नेताले बताए ।ती नेताका अनुसार अब सबै जनसंगठनका पदाधिकारीहरु कुनै न कुनै पार्टी कमिटीमा संगठित हुनेछन् र, उनीहरु जुन कमिटीमा आवद्ध हुन्छन्, उनीहरुको मर्यादाक्रम पनि सोही कमिटीमा हुनेछ । यसअँघि भातृ संगठनका पदाधिकारीको छट्टै मर्यादाक्रम अब रहने छैन ।
पार्टीको केन्द्रीय सचिवालयले पारित गरेर प्रकाशनका लागि पठाइएको नियमावलीमा जनसंगठनका पदाधिकारीहरु अनिवार्यरुपमा पार्टी कमिटीमा संगठित हुनुपर्ने व्यवस्था गरिएको छ ।यसैवीच अनुशासन, लेखा र निर्वाचन अयोगका अध्यक्षलाई स्थायी कमिटी सदस्य र सचिवलाई पोलिटब्यूरो सदस्यका हैसियतमा बैठकमा सहभागी हुने व्यवस्था नियमावलीमा थपिएको छ । यसअघि उनिहरुलाई आमन्त्रित सदस्यको मात्रै हैसियत दिइएको थियो ।