सरकारले गर्यो भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेतीको नाम सिफारिस ।

0
563

३२ असार, काठमाडौं । सरकारले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीलाई भारतका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।दीपकुमार उपाध्यायले राजीनामा दिएपछि दिल्लीस्थित नेपाली दूतावास खाली छ । कांग्रेस नेतासमेत रहेका उपाध्याय राजदूतबाट राजीनामा दिएर कपिलवस्तुबाट प्रतिनिधिसभा चुनाव लड्न आएपछि भारत स्थित नेपाली दुतावास खाली भएको हो । यस्तै उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गरिएको छ । पाण्डे यूएईका पूर्व राजदूत हुन् ।

सरकारले राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधिमा परराष्ट्र सचिव शंकर बैरागीलाई पठाउन चाहेको भएपनि उनले सचिवको कार्यकाल पूरा गर्ने इच्छा देखाएपछि अन्य व्याक्तिलाई पठाउने तयारी सरकारले गरेको छ । सरकारले हालै मात्र स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले फिर्ता बोलाउने निर्णय गरे पछि उक्त स्थान रिक्त रहेको छ । यूएईको लागी राजदूत पद रिक्त भएपनि त्यहाँ भने कसैलाई सिफारिस गरिएको छैन । सरकारले हालै पारित गरेको मापदण्ड अनुसार राजदुत सिफारिस गरिएको हो ।