टिचिङ हस्पिटलमा डाक्टरहरु बीच कुटाकुट ।

0
1385

३ साउन, काठमाडौ । त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यकर्मीहरुबीच झडप भएको छ । बिरामीको उपचार सेवा बन्द गर्ने र खुलाउने विषयलाई लिएर स्वास्थ्यकर्मीहरु बीच झडप भएको हो ।चिकित्सकहरुको साझा संगठन नेपाल मेडिकल एशोसिएसन एनएमएले डा. केसीको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था बन्दको आह्वान गरेको छ । तर वामपन्थी दलनिकट चिकित्सक संगठन र नेपाल नर्सिङ संघ भने उपचार सेवा बन्द गर्न नहुने पक्षमा खुलेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा उपचार बन्द गर्ने कि नगर्ने भन्नेबारे बिहानैदेखि दुई पक्षका चिकित्सकहरु बीच विवाद भएको थियो । विवाद बढ्दै जाँदा झडपको अवस्था सिर्जना भएको हो ।चिकित्सकहरुबीच हात हालाहाल भएको थियो ।विवादपछि अवस्था नियन्त्रणमा लिन अस्पताल परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।अस्पतालमा सेवा ठप्प पारेर चिकित्सकरु आन्दोलनमा उत्रिदाँ विरामीहरु भने मर्कामा परेका छन् ।