सुर्खेत, ३ साउन बीसदिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहितको टोली आज जुम्ला पुगेको छ ।संघीय सरकारको प्रतिनिधित्व गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा सरकारका वार्ता टोलीका संयोजक खगराज बराल र सदस्य गुणराज लोहनी पनि अहिले जुम्ला पुग्नुभएको छ । टोलीले अहिले डा केसीको स्वास्थ्य स्थिति बुझ्ने काम गरिरहेको छ ।