पोखरा, ३ साउन प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताउनुभएको छ ।निर्माणाधीन विमानस्थलको धावनमार्गको निरीक्षण गर्दै उहाँले निर्माणको काम सन्तोषजनक ढंगमा अघि बढिरहेको बताउनुभयो । सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उहाँले निर्माणको कार्यलाई समयमै सम्पन्न गर्न सरकारका तर्फबाट सम्पूर्ण सहयोग उपलब्ध गराइने आश्वासन दिनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०१९ भित्र धावनमार्ग र टर्मिनल भवनको निर्माण सम्पन्न हुने र तोकिएको समयभित्रमै बाँकी काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
Home header news पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुन्छः प्रधानमन्त्री ओली ।