३ साउन, काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसी काठमाडौं आएका छन् । स्थानीय प्रशासनले बल प्रयोग गरी समर्थकहरुलाई घाइते बनाएपछि उनी दुःखी हुँदे अस्पतालबाट बाहिरिएका थिए । उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ ल्याइएको हो । उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गरिनेछ ।