५ साउन, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले डा. गोविन्द केसीको माग पुरा गर्नै पर्ने बताएकी छन् ।आमरण अनसनरत डा. केसीको समर्थनमा शनिबार भएको प्रदर्शनपछि आयोजित सभामा बोल्दै कार्कीले डा.केसीका माग नेपाली जनताको हितमा भएकाले यसलाई जसरी पनि पुरा गर्नु पर्ने बातइन् । उनले डा.केसीले कसैका लागी नभई नेपाली जनताका लागी लडीरहेको भन्दै माग पुरा गर्न सरकारलाई आग्रह गरिन् । उनले डा. केसीलाई काँग्रेसी भएको भनेर आरोप लागाउने गरेको भन्दै असन्तुष्टी जनाइन् ।