७ साउन, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी अनसन बसेको सोमबार २४ दिन पुगेको छ । २४ दिन देखि अनशनरत डा. गोविन्द केसी र सरकार बीच छलफल गरेर माग सम्बोधन गर्ने बिषयमा भने कुनै काम हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसी सँग एव टु वान वार्ता गर्ने भनिएपनि त्यो कहिले हुने भन्ने टुंगो छैन । यता अनशनको दिन लम्बिँदै जाँदा सरकार माथी विभिन्न तहबाट दवाव बढ्दो छ । उता केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । डा.केसी बोल्न पनि नसक्ने अवस्थामा पुगेको डा.केसीको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । सरकारले वार्ता गर्ने बताए पनि केसीले मन्त्रीकै नेतृत्वमा अधिकार सम्पन्न वार्ता टोलि सँगमात्रै बार्ता गर्ने अडान लिएपछि सरकार र केसी बीच वार्ता हुन सकेको छैन । केसीलाई अनशनकै अवस्थामा सरकारले गत बिहीबार जुम्लाबाट काठमाडौं ल्याएको थियो । केसीको स्वास्थ्य अवस्था एकपछि अर्को बिग्रँदै गइरहेका बेला वार्ताको ठोस प्रयास भने हुन सकिरहेको छैन । दुवै पक्षले एक–अर्कालाई दोष लगाउँदै वार्ता गर्नमा ढिलाई गरिरहेका छन् । यता केसीले उपचार लिन पनि मानिरहेका छैनन् उनले सामन्य सलाइन पनि बाहेक केही लिन नमानेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।