हेटौँडा, ७ साउन नारायणगढबाट वीरगञ्जतर्फ आउँदै गरेको ना५ख ३७०१ नम्बरको बस हेटौँडा–नारायणगढ सडक खण्डको लेबटमा अनियन्त्रित भई सडकमा पल्टिँदा २० जना घाइते भएका छन् ।घाइतेमध्ये ११को चुरेहिल अस्पताल र पाँचजनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चार घाइते सामान्य उपचारपछि हेटौँडा अस्पतालबाट घर फर्केको अन्य घाइतको उपचार भइरहेका प्रहरीले जनाएको छ । बस चालक रौतहट जिल्ला चन्द्रनिगाहपुर नपा–११ बस्ने ३५ वर्षीय कुश थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।