७ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. गोविन्द केसीलाई उचालेर पतनको बाटो रोजीरहेको बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रचण्डले डा. केसीको जीवन रक्षाको दायित्व सरकारको भएपनि काँग्रेसले केसी माथी राजनीति गरेको आरोप लागए ।उनले प्रमुख विपक्षी कांग्रेसको चर्को आलोचना गर्दै गोविन्द केसीका नाममा अन्दोलन गरेको भन्दै आक्रोशित बनेका छन् ।केही लोकतान्त्रिक शक्ति डा.केसीको हत्या गर्न र लास माथी राजनीति गर्न अग्रसर भइरहेको प्रचण्डको भनाई थियो ।