८ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने तयारी गरेका छन् ।मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिए पछि विबादमा तनिएका थिए । मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागे पनि उनको आलोचना हुन छाडेको थिएन । अन्नत उनले राजीनमा दिने तयारीमा पुगेका छन् । डा. गोविन्द केसीको अनसनलाई लिएर सरकारको आलोचना भइरहेका बेला कानुनमन्त्रीको अभिव्यक्ति पनि थपिएपछि नेकपाका नेताहरुले सोमबार साँझ छलफल गरेका थिए ।
बालुवाटारमा राति अबेरसम्म भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन सुझाएका थिए । मन्त्री तामाङले कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनमा दिएको घोषणा गर्ने छन् ।