९ साउन, काठमाडौं । पाकिस्तानमा कडा सुरक्षा बीच आम निर्वाचन हुँदै गर्दा बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मतदान केन्द्र नजिकै आत्मघाती विस्फोट भएको छ ।विस्फोटमा परी ३१ जनाको मृत्यु भएको छ ।मतदान केन्द्रमा भएको हमलामा मृत्यु हुनेमा प्रहरी र सर्वसाधारण मतदाताहरु रहेको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।हमलामा ३० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये ८ को अवस्था गम्भीर रहेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।