नक्कली सर्टिफिकेट धारीको नेतृत्वमा आयुर्वेद अस्पताल,स्वास्थ्यमन्त्रीले नै संरक्षण गरेको खुलासा । EXCLUSIVE

0
8432

नेपाल तस्करहरुबाट चलिरहेको छ । यो हाम्रो भनाई होइन यसै देशका गृहमन्त्री रामबाहादुर थापाले दिएको अभिव्यक्ति हो । हो नेपालमा राम्रो भन्दा पनि नराम्रो वा गलत ढंगबाट चल्नेहरु नै सरकारका विभिन्न निकाय सम्म आफ्नो पहुँच विस्तार गर्न सक्षम बनिरहेका छन् । तर इमान्दार ढंगबाट काम गर्ने व्याक्ति राज्यको उच्चस्थानमा पुग्न ठुलै संघर्ष गर्नुपर्छ अझ भनौ युद्ध जितेसरह नै हुन्छ । हो यति बेला हामिले एउटा त्यस्तै गलत बाटो प्रयोग गरि आफुलाई बरिष्ठ बनाउन वा देखाउन पुगेका एक जना महानिर्देशक महाशयको नक्कलि बाटोको यात्राको फेहरिस्त सार्वजनिक गरेका छौ ।

उनको नक्कली सर्टिफिकेटको धन्दा भित्र भइरहेको सक्किली पदचापलाई हामिले पर्दाफास गरेका छौँ । प्रसंग हो आयुर्वेद चिकित्सालय नरदेवीका महानिर्देशकको नक्कली सर्टिफिकेट । उनले नक्कली सर्टिफिकेट आर्जन गरेर सक्कली पदचापमा आसिन हुन पुगेकाछन् । उनी हुन् श्यामबाबु यादव । हाल उनी नरदेवी आयुर्वेद चिकित्सालयको महानिर्देशक पदमा रहि काम गरिरहेका छन् ।

आयुर्वेद क्याम्पस कलंकीबाट जारी भएको श्यामबाबु यादवको प्रमाण पत्र

उनको पद सक्कलि हो तर उनको सटींफिकेट भने पुरै नक्कली भएको हामीले फेला पारेका छौं। उनले नक्कलि सर्टीफिकेट पेश गरेरै बर्षै देखि सरकारी सेवामा बेप्रवाह जागीर खाइरहेका छन् । सञ्चारखवरलाई प्राप्त उनको सर्टिफिकेटमा एसएलसि पछिको आयुर्वेदीक चिकित्साको अध्यायन सहायक आयुर्वेद कार्यकता कोर्ष पुरा गरे सन १९९१ जुलाई महिनामा । यो तह सिएमए सरहको पद हो । यहि प्रमाणपत्रका आधारमा बिएससी तहको अध्यायन गर्न नपाइने हुँदा इन्टरमिडिएट तहको सर्टिफिकेट उनले सन १९९० देखि ९२ सम्म भारतको राम राउत राज किशोरी माधुरी यादव कलेज सितामरी बिहारबाट प्रथम श्रेणिमा उतिर्ण भए ।

श्यामबाबु यादवले बिहारबाट ल्याएको नक्कली प्रमाण पत्र

राजधानीको कलंकीस्थानमा रहेको आयुर्वेदिक कलेजमा सहायक आयुर्वेद कोर्ष पढिरहेको श्याम बाबु यादवले कसरी बिहारको कलेज पढे र इन्टरमिडिएटको अध्यायन गरे ? भारतीय कोर्ष अध्यायन गर्न पनि सहायक आयुर्वेद तह उतिर्ण गरेको हुनु पर्ने ब्यबस्था थियो । यस आधारमा के पुस्टि हुन्छ भने उनले नक्कली सर्टिफिकेटका आधारमा बिएससी तहको अध्यायन गरे । त्यति मात्रै नभएर उनि सरकारी सेवामा कर्यरत रहेको समयमा एमडी अध्ययान गर्न कि त अध्ययान बिदा लिएर पढ्नु पर्छ कि त सरकारकै स्कोलरसिपमा पढ्नु पर्छ । एमडी पढ्दा पनि स्वास्थ्यमन्त्रालयलाई ढाँटे । उनले एमडी गरिरहेको सुचना तत्कालीन स्वास्थ्य सचिव प्रविण मिश्रले पाएपछि जानकारी माग्दा आफुले एमडी तहको अध्यायन नगरेको झुट्टा जवाफ दिए । सचिव मिश्रसँग पनि उनले सेटिङ मिलाएको मन्त्रालयका अधिकारीहरुको भनाई छ । मिश्रले अवकास लिए लगत्तै यादवले एमडी उतिर्ण गरेको सटिफिकेट पेश गरी १०औं तहमा बढुवा भए ।
अख्तियार किन मौन ?
नक्कली प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएको भन्दै यादका बिरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । तर पनि आयोगले उनको बिषयमा अनुसन्धान सुरु गरेको छैन् । मंगलबार मात्रै दर्ता नम्बर ८८९ मा यादवको बिषयमा उजुरी दर्ता भएको छ । अख्तियार,स्वास्थ्य मन्त्रालय लगायत सबैतिर सेटिङ मिलाइसेकको र भारतीयदुतावासमा राम्रो सम्बन्ध भएकाले उनलाई कुनै पनि निकायले कारबाही गर्न नसकेको स्रोत बताएको छ । डा यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको आशिर्वाद पाएको भन्दै आफुलाई कसैले छुन समेत नसक्ने बताउने गरेका छन् । चिकित्सक जस्तो पेशामा रहेका विशिष्ट ब्यक्तिले नै नक्कली सर्टिफिकेटको प्रयोग गरि बिरामीको उपचार गरिरहेका छन् त्यसबाट बिरामीमा परेको असरको कस्ले पुर्ति गर्ने ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको निवेदन ।

उनले आफु भारतीय दुतावससँग सिधा सम्पर्कमा भएको भन्दै आयुर्वेदिक अस्पतालका कर्मचारीलाई समेत तर्साउने गरेका छन् । केहि दिन अगाडी सहायक लेखापालसँग चर्काचर्की नै परेको थियो । लेखाशाखाका कर्मचारीलाई समेत बेवास्था गर्दै आर्थिक अनियमितता गरेपछि कर्मचारीसँग समेत सम्बन्ध बिग्रीएको छ । नक्कली सर्टिफिकेटका बिषयमा कुरा गर्दा डा यादवले सञ्चार माध्यमले समाचार लेख्दैमा आफुलाई केही फरक नपर्ने प्रतिक्रिया सञ्चारखवरलाई दिएका छन् ।
स्मरण रहोस् २०७३ माघ २३ गते नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको (सिआईबी) टोलीले राजधानीका बिभिन्न स्थानबाट नक्कली सर्टिफिकेट भएका १२ जना चिकित्सकलाई पक्राउ गरेको थियो ।