१० साउन, काठमाडौं । बुधबार साँझ भएको बार्ता भाँडीएको खबर आइरहँदा पुनः केसी पक्ष बीच बुधबार नै भएको दोस्रो बार्ता भने सकारात्मक बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले डा. केसी पक्षधर वार्ता टोलीसँग बिहान २ बजेसम्म छलफल गरेको बताइएको छ । करिब ३ घन्टा चलेको वार्तामा प्रधानमन्त्रीले केसीको जीवनरक्षा पहिलो प्राथमिकता रहेको भन्दै उनका मागमा सकारात्मक प्रतिक्रिया दिएका थिए ।
प्रधानमन्त्री ओलीसँग वार्ता गर्न केसीका तर्फबाट वार्ता टोलीका डा.अभिषेक सिंह र अधिवक्ता सुरेन्द्र भण्डारी राति साढे ११ बजे बालुवाटार पुगेका थिए ।राति भएको बार्तामा विधेयक संसदको प्रक्रियामा गइसकेकाले फिर्ता तलिने तर, त्यसमा डा. केसीले उठाएका विषय समेटेर संशोधन गर्न नेकपा तयार रहको ओलीले डा.केसीका वार्ता टोलिलाई बताएका थिए ।
राति भएको बार्ता सकारात्मक भएपछि केसीसँग सहमति गरेर आजै अनशन तोडाउन सकिने सम्भावना रहेको केसीका बार्ता टोलिले बताएका छन् । २६ दिन देखी अनसनमा बसेका डा. केसीको स्वाथ्य अवस्था गम्भिर बनेको तथा जुनसुकै बेला जे पनिहुन सक्ने चेतावनी डाक्टरहरुले दिएपछि प्रधानमन्त्री ओलीकै अग्र्रसरतामा भएको बार्ता सकारात्मक बनेको हो ।