१० साउन, काठमाडौं । अनसनरत डा.गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसी पक्षबीच भएको सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिने र त्यसपछि सहमतिपत्रमा हस्ताक्षर गरेर आजै डा.केसीले अनसन तोड्नेछन् । तर डा. केसीले बार्ता टोलिले गरेको सहमतिलाई रुजु गरेको खण्डमा मात्रै । अहिले सम्म सहमतिको बुँदा भने सार्वजनिक गरिएको छैन ।