बागबजार अर्थात अत्यन्तै ब्यस्त रहने ब्यापारीक केन्द्र यतिबेला तपाई बागबजार क्षेत्रमा कुनै पनि का परेर जाँदै हुनुहुन्छ भने कृपया साधानी अपनाउनु होला किनकी यस क्षेत्रमा सडक बिस्तार गर्ने कार्य प्रारम्भ भएको करिब दुई बर्ष पूरा भयो तर आज सम्म सडक निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । हामीले जोड्न खोजेको प्रसंग हो सडक निर्माणका क्रममा भएका लापर्बाहीपूर्ण कार्यको ।
तपाईले तस्वीरमा देख्नुभएको दृश्य हो बागबजार स्थीत भक्तपुर बसपार्क अगाडि सडकमा मंगलबार अपरान्ह्मा भएको घटनाको ।
यस सडकका दुबै किनारामा सडक पेटि निमार्ण गर्ने र बिद्युतका नयाँ लाईन बिस्तार गर्ने कार्य भैरहँदा यति सम्म लापर्बाहिपूर्ण कार्य पनि भैरहेको होला भनि सामान्य अनुमान सम्म पनि लगाउन सकिँदैन तर भर्खरै गाडिएको बिद्युतको नयाँ पोल जहाँ बिद्युतको तार समेत टाँगीएको छैन तर त्यहि पोल ढलेर मानबिय क्षति त हुन पाएन तर झन्डै आधा दर्जन मोटर साईकलमा क्षति पुगेको छ । यो पोल त प्रतिनिधि घटना मात्रै हो अन्यत्र पनि यसै गरि कम्जोर पोलहरु उभिएका हुन सक्छन् ? त्यस्को जिम्मेवारी कस्ले लिने ?यस घटना बाट पाठ सिक्ने हो की ?