११ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंमाथि कारबाही गर्न माग गरेका छन् ।संसदको शुक्रबारको बैठकमा कांग्रेस सांसदहरु पुष्पा भुषाल, डिला संग्रौला लगायतले प्रसाईंले बंगलादेशमा अध्ययनरत छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएर अपमान गरेको भन्दै कारवाही गर्न माग गरेका छन् । सोही अभिव्यक्ति पछि कानूनमन्त्रीले राजीनमा दिएपनि त्यसले अपमानको परिपूर्ती गर्न नसक्ने सांसदहरुको भनाई छ ।