डा.गोविन्द केसीले प्रधानमन्त्री ओलीलाई भने १६ औं अनसन बस्न नपरोस ।

0
2414

२६ साउन, काठमाडौं । डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक ल्याउन आगह गरेका छन् । विधियेक तोडमोड गरी ल्याए १६ औं अनसन बस्ने उनले चेतावनी पनि दिएका छन् ।प्रधानमन्त्रीलाई आफ्नो वार्ता टोलीसहित भेटेर उनले चिकित्सा शिक्षा विधेयक सहमति अनुसारनै ल्याउन सुझाएका हुन । प्रधानमन्त्री ओलीले भने सहमतिअनुसार संशोधन दर्ता भएको र त्यो पास हुने आश्वासन दिएका डा. केसीलाई दिएका छन् ।