साउनको अन्तिम सोमबार,देशभरका शिवमन्दिरमा दर्शनार्थीको घुइँचो

0
3250

२८ साउन, काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, काठमाडौ पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको सोमबार ब्रत बस्दै आएका महिलाहरुले पनि आज शिवको पूजा गरेपछि व्रत समापन गर्दैछन् । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले श्रद्धालुहरु व्रत बसी पूजापाठ, दान लगायतका कर्म गर्नेछन् ।काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाम,हलेसी महादेव,सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि भक्तजनको घुइँचो लागेको छ ।