३० साउन, चितवन । अखिल नेपाल फुटबल संघ (एन्फा) प्रादेशिक संरचनामा जाने भएको छ । चितवनको सौराहामा जारी संघको १७ औं विषेश साधारणसभाले विधान संसोधन गरेपछि प्रादेशिक संरचनामा जानेछ ।देश संघीय संरचनामा गइसकेकोले एन्फालाई पनि सोही अनुरुप लैजान लागिएको एन्फाले जनाएको छ । सघीयता लागु भैसकेको अवस्थामा एन्फालाई पनि संघीय संरचनामा लैजानुपर्ने आवश्यकता देखिएको एन्फाका अध्यक्ष शेर्पाको भनाइ छ ।साधारणसभाबाटै पहिलो पटक एन्फाको आर्थिक नियमावली, कार्यसंचालन नियमावली, कर्मचारी नियमावली, खेलाडी नियमावली पारित गरिनेछ । विशेष साधारणसभामा ४५ वटा जिल्ला संघका तीनरतीन जना, १४ वटा ए डिभिजन क्लवका तीन÷तीन जना, चार वटा संघका तीन÷तीन, पर्यवेक्षकलगायतका गरी करिव ३०० जनाको सहभागिता रहेको छ ।