३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १ देखि लागू हुने कानूनका विषयमा भ्रम फैलाइएको भन्दै असन्तुष्टी जनाएका छन् । बिहीबार नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले एक वर्षअघि नै बनेको कानूनमा अहिले डाक्टरलाई जन्मकैदको साजय राखिएको भनेर भ्रम फैलाउने काम भएको बताए । उनले उपचार गर्दा विरामीको मृत्यु भएमा डाक्टरलाई जन्मकैद हुने व्यावस्था कुनै कानूनमा नभएको र त्यस्तो कानून नबन्ने जिकिर गरे । भदौ १ देखि लागू हुने मुलुकी अपराध ९संहिता० ऐनमा डाक्टरलाई कारबाहीको कडा व्यवस्था राखिएको भन्दै चिकित्सक संघले विरोध जनाइरहेका बेला प्रधानमन्त्रीले अनावश्यक भ्रम फैलाउने काम भएको आरोप लगाएका हुन् ।उनले डाक्टरको विषयमा ५० वर्षदेखि एउटै कानून रहेको भन्दै यसमा भ्रम नफिजाउन आग्रह गरे ।झुटको खेति नगर्न पनि उनले सबैपक्षलाई आग्रह गरेका छन् ।