महोत्तरीका किसान मर्कामा, उखुको भुक्तानी पाएनन् ।

0
761

बर्दिवास, ३१ साउन । महोत्तरीका किसानले बिक्री गरेको उखुको भुक्तानी पाएका छैनन् । गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर मिलले उखुको भुक्तानी दिन आलटाल गर्दा किसान मर्कामा परेका हुन् ।सरकारले प्रतिक्विन्टल उखुको ५३६ रुपैयाँ ४५ पैसा मूल्य निर्धारण गरेको छ ।

उचित मूल्य निर्धारण र भुक्तानीको माग गर्र्दै यसअघि किसान एक महिना अनशन बसेका थिए । मिलले किसानसँग उखु खरीदबापतको एक अर्ब चार करोड मात्र भुक्तानी गरेको छ । किसान ऋणमा डुबेका छन्, उद्योगले गत वर्ष महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट, सप्तरी, बारा र पर्साका किसानले उत्पादन गरेको ४२ लाख ५९ हजार ७७४ क्विन्टल उखु खरीद गरेको थियो ।

हाम्रो उत्पादनले बजार पाउन सकेको छैन, भारतीय चिनीका कारण समस्यामा उत्पादन गरेको चिनी बिक्री नभएका जनाउदैं उखुको भुक्तानी गर्न नसकेको मिलका महाप्रबन्धक युगलकिशोर चौरसियाले बताएका छन् । प्रदेश नं २ को प्रमुख नगदेबाली मानिएको उखुखेतीमा करीब ९० हजार किसान संलग्न छन् ।