१ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगबाट लिइने कर्मचारी भर्ना नरोकिएको स्पस्ट पारेका छन् ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आयोगलाई संविधानले दिएको जिम्मेवारी र क्षेत्राधिकार नमिच्ने भन्दै उनले कर्मचारी भर्ना रोकिने भनी हल्ला चलेको भन्दै त्यो सत्य नभएको बताए । सबै निकायलाई आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्ने स्वतन्त्रता रहेको भन्दै उनले लोकसेवा आयोगको क्षेत्राधिकार सरकारले हस्तक्षेप नगर्ने बताए ।
।