मनि ट्रान्सफरको रकम लुटपाट गर्ने २ जना पक्राउ ।

0
2511

भदौ २ सिराहा सिरहाको मिर्चैया नगरपालिका–३ स्थित राघोपुर सडकखण्डमा गत साउन २४ गते भएको २५ लाख ६० हजार लुटपाटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिरहा नगरपालिका–१४ निवासी २२ वर्षीय कमलेशकुमार मण्डल र सिरहाकै विष्णुपुर गाउँपालिका–२ राजपुर निवासी २५ वर्षीय महेशकुमार यादव रहेका छन् ।

सिरहाको मिर्चैयास्थित ग्लोबल आइएमई बैंकबाट रकम उठाएर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनि ट्रान्सफरका सञ्चालक कल्याणपुर नगरपालिका–११ निवासी राजाराम साह मोटरसाइकलमा जाँदै गर्दा गत साउन २४ गते दिउँसो दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले पेस्तोल देखाई रकम लुटपाट गरेका थिए ।