महासमिति बैठकको तयारीमा नेपाली काङ्गे्रस ।

0
906

काठमाडौँ, ८ भदौ । नेपाली काङ्ग्रेस पार्टीको महासमिति बैठकको तयारीमा जुटेको छ । महासमिति बैठकको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न काङ्ग्रेस केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । गत वैशाख १६ गते सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यही भदौ महिनामा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनःसंरचनाअनुसार पार्टीको विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय पनि गरेको थियो । सोही निर्णयअनुसार केन्द्रीय समिति बैठकअघि विधान संशोधन मस्यौदा समितिले पहिलो बैठक बसी विधान मस्यौदा तय गर्न लाग्ने समय र प्रक्रियाका बारेमा छलफल गरेको थियो ।

१३ औँ महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय समिति आएको दुई वर्षभन्दा बढी समय वितिसक्दा एक पटक पनि महासमिति बैठक हुन सकेको छैनन् । महासमिति बैठकको तयारीका लागि महाधिवेशन तयारी, राजनीतिक प्रस्ताव तयारी, पार्टीको दृष्टिकोण तय गर्नेसम्बन्धी, आर्थिक प्रतिवेदन तयारीलगायत समिति गठन गर्ने प्रवक्ता शर्माले जनाएका छन् । बैठकले सम्भवतः पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र अनुशासन समितिसमेत गठन गर्ने बताइएको छ । पार्टी विधानको दफा २९ बमोजिम कार्यसम्पादन समितिमा सभापति, उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ताका साथै केन्द्रीय समितिबाट बढीमा २२ जना रहने व्यवस्था रहेको बताएका छन् ।