खग प्रसाद चापागाई कपिलवस्तु, २८ साउन
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आयोजना गरेको अनिश्चितकालिन पश्चिमी मधेश बन्दका कारण कपिलवस्तु जिल्ला प्रभावित भएको छ ।
बन्दका कारण जिल्लाका सदरमुकाम बाट छुटने लामो र छोटो दुरीका सवारी साधन सचालनमा आउन सकेका छैनन । यसै गरि पुर्व पश्चिम लोकमार्गमा यातायात अवरोध गरिए पछि प्रहरीले स्कटिगं गरि लामो दुरीका यातायात शुचारु गरेको छ । बन्दले सदरमुकाम तौलिहवा सहित चन्द्रौटा– कृष्णनगर क्षेत्रको यातायात, व्यवसाय र कलकारखाना पुर्ण रुपले प्रभावित भएको छ । जिल्लाको सदरमुकाम सहित अन्य स्थानमा रहेका कलकारखाना, व्यवसाय र उधोगहरु बन्दका कारण प्रभावित भएका छन । बन्द सफल पार्न खटिएका मोर्चाका कार्यकर्ता ¥याली, जुलुस र ठाँउ ठाँउमा टायर बालेर यातायात अवरुद्ध बनाएका छन । मोर्चाले नवलपरासी देखि कन्चनपुर सम्मको ८ जिल्ला अनिश्चितकालिन बन्दको घोषणा गरेको हो । पहिलो संविधानसभामा संयुक्त मधेशी मोर्चा तथा सरकार बिच भएको मधेश स्वायत्त प्रदेशको सम्झौता पालना नगरेसम्म आन्दोलन जारी रहने जनाउदै मधेशी भूगोल चिरा–चिरा पारि अन्य प्रदेशमा मिसाएको विरोधमा आफुहरुले शशक्त आन्दोलन थालेको संघिय समाजबादी फोरम नेपालका जिल्ला उपाध्यक्ष संदिप पाण्डेले बताए ।