अर्घाखाँची नेकपा अध्यक्ष चयनमा विभेद,अध्यक्षका दावेदार चौहान भन्छन् मेरो योगदानको अवमुल्यन भयो।(भिडियो सहित )

0
4784

। काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अर्घाखाँची अध्यक्ष सिफारिमा गरिएको भन्दै तत्कालीन एमालेका जिल्ला सचिव रामबहादुर चौहानले आपत्ति जानाएका छन् ।जिल्ला अध्यक्ष, इन्चार्जलाई केन्द्रले सिफारिसको जिम्मा दिएकोमा पार्टीभित्र छलफल नै नगरी जिल्लाबाट मनोमानी ढङ्गले आफु भन्दा जुनियारलाई अध्यक्षमा सिफारिस गरिएको भन्दै चौहानले आक्रोश व्यक्त गरे । अर्घाखाँचीबाट नेकपाको अध्यक्षमा पितम्बर भुसालको नाम केन्द्रमा पठाइएको छ । नेकपा अर्घाखाँचीको अध्यक्ष सिफारिस गर्दा नत पार्टीको बैठक नै बस्यो । नत कसैलाई जानकारी नै दिइयो । चौहानले भने,‘मनोमानी ढङ्ले सिफारिस गरिएछ ।’ बरियताको हिसाबले तत्कालिन नेकपा एमालेका जिल्ला सचिव रामबहादुर चौहान हालको नेकपाको तर्फबाट अर्घाखाँचि अध्यक्षका लागी प्रमुख दाबेदारका रुपमा चिनिदै आएका थिए । २०३८ सालमा अनेरास्वव्यूबाट राजनीति सुरु गरेका चौहान २०४२ मा पञ्चायत विरुद्धको आन्दोलनमा जेल जीवन समेत विताएका थिए । हाल सम्म कुनै लाभको पद नलिएका चौहानलाई अध्यक्षमा सिफारिस नगरे पछि अर्घाखाँचीका नेकपा कार्यकर्ता पनि निराश भएका छन् । सञ्चार खबर सँगको कुराकानीमा चौहानले अध्यक्षको रुपमा जुनियरलाई सिफारिस गरेर आफु माथी अन्याय गरिएको बताए । उनले भने पार्टीमा योगदान पुर्याएका म जस्तालाई बाइपास गरेर हुक लगाएर अन्य व्याक्तिलाई अध्यक्षमा सिफारिस गर्ने काम भएको छ जुन अत्यान्तै दखःद हो । यसमा नेतृत्वको ध्यानजानु अवश्यक छ । त्यसोत अध्यक्ष सिफारिसका क्रममा मनपरि भएपनि उनि हाल राजधानीमा आएर शिर्ष नेतृत्व सँग न्यायको लागी याचना गरिरहेका छन् । उनी भन्छन् शिर्ष नेतृत्वलाई जानकारी गराएको छु ,न्याय पाउने आशामा छु । २०४६ मा अनेरास्वव्यूको जिल्ला अध्यक्षमा निर्वाचित हुर्दै हाल तत्कालिन एमालेको जिल्ला संचिवमा निर्वाचित भएका थिए ।
हाल जिल्ला अध्यक्षमा सिफारिस भएका भुसाल २०६९ सालमा तत्कालिन नेकपा एमाले अर्घाखाँचीको सचिवमा चौहानसँग पराजित भएका थिए । त्यसपश्चात उनलाई सचिवालय सदस्यमा राखिएको थियो ।